काठमाडौं / विश्वकप छनोट अन्तरगत दोस्रो चरणको आफ्नो तेस्रो खेलमा अस्ट्रेलियासँग नेपाल पहिलो हाफमा ३–० ले पछि परेको छ।
अस्ट्रेलियाका लागि जेमी माक्लारेनले दुई गोल गरे। उनले खेलको छैठौँ र १९औँ मिनेटमा गोल गरेका हुन्। ह्यारी साउटरले २४औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रता तेब्बर पारे।
एसियाकप जितेको अस्ट्रेलिया नेपालभन्दा निकै बलियो टिम हो। उसले नेपाललाई पहिलो हाफ अवधिभर पूर्ण दबाबमा राख्यो। पहिलो हाफमा रक्षात्मक खेलेको नेपालले दोस्रो हाफमा अस्ट्रेलियालाई गोल गर्नबाट रोक्ने रणनीतिमा हुनेछ।
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले खेल्न लागेको यो तेस्रो छनोट खेल हो। यसअघि खेलिएका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ।


















