अवैध लागूऔषध सहित पक्राउ

278

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन ३ केजी सहित बोलिभियन नागरिक राहदानी नम्बर सिइ २८०७२ वाहक ४१ वर्षीया HERRERA ARTEAGA OLGA लाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरस्थित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा उनको सुटकेशभित्र उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here