दशमै पहिलाे पटक एचबीओ च्यानल मोबाइल एपमा

266

सोही एपमा अब नेपालमै पहिलो पटक मोबाइलमा एचबीओका च्यानलहरु हेर्न सकिने भएको हो । ‘नेपालमा उपलब्ध टेलिभिजन सेवा प्रदायकका ओटीटी एपमा एचबीओका च्यानल उपलब्ध भएको यो नै पहिलो पटक हो,’ डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘यो सेवा शुक्रबारबाट सुरु भएको छ । यसमा एचबीओका सम्पूर्ण च्यानल उपलब्ध भएका छन् ।’

डिशहोमले डीएच गोमार्फत आफ्ना प्रयोगकर्तालाई मोबाइलमै २० वटा च्यानल हेर्न सकिने सुविधा दिएको छ । ती २० वटा च्यानलमा एचबीओ, एचबीओ सिग्नेचर एचडी, एचबीओ फ्यामिली एचडी, एचबीओ हिट्स एचडी र सिनेम्याक्स समेत समावेश भएका छन् ।

यससँगै डिशहोम प्रयोगकर्ताले जहाँ र जुन सुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने कम्पनीले जनाएको छ ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शूल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशूल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

विशेष गरी डिशहोम प्रयोगकर्ताको सहजताका लागि यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । ‘कुनै दिन प्रयोगकर्ता घरबाट बाहिर बस्नु परेको अवस्थामा पनि उनीहरुले डिशहोमसँग जोडिन सकुन भन्ने हाम्रो योजना हो,’ आचार्यले भने, ‘यो सेवाले डिशहोमका प्रयोगकर्तालाई अझ नजिक ल्याउन मद्दत पुर्‍याउने विश्वास लिएका छौं ।’

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् । डिशहोमका ग्राहकबाहेक अन्य प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न नपाउने कम्पनीले जनाएको छ ।

डिशहोम गो एप प्रयोग गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here