प्रहरीको शव खोलामा डुबिरहेको अवस्थामा

83

हेटौँडा। हेटौँडाको राप्त खोलामा एक जना प्रहरीको शव फेला परेको छ। हेटौँडा उपमहानगरपालिका-१० स्थित शव दाह स्थल नजिकै आज बिहान ८ बजे खोलामा डुबिरहेको अवस्थामा एक प्रहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

शव ४७ वर्षीय प्रहरी नायव निरीक्षक केशव बहादुर खत्रीको भएको उनले बताए। प्रहरीका अनुसार खत्री उच्च अदालत पाटन-हेटौँडा इजलासमा सुरक्षामा खटिएका प्रहरी हुन्।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल उनको शव पोष्टमाटमका लागि हेटौँडा अस्पताल लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here