विश्वकै सबैभन्दा ठूलो परिवार भएका जिओना चानाको ७६ वर्षको उमेरमा निधन

278

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो परिवार भएका भारतमा जिओना चानाको ७६ वर्षको उमेरमा निधन भएको छ।

एनडीटीभीका अनुसार ३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका जिओनाको आइतबार निधन भएको हो।

मिजोराम राज्यका मुख्यमन्त्री जोराम थांगाले ट्विटरमा विश्वकै ठूलो परिवार भएका जिओना चानाको निधन भएको जानकारी दिएका छन्।

डाएबिटिज र हाइपरटेन्सनबाट प्रताडित उनको आइतबार दिउँसो ३ बजे अ‍ैजवालको ट्रिनिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

जिओना चाना समूहका प्रमुख थिए। उनी बस्ने गाउँमा ४ सय परिवार बसोबास गर्दछन्। सो समुदायमा पुरुषलाई बहु विवाह गर्न छुट रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here