सल्लाघारिमा म्युजिक भिडियो सार्वजनिक

105

 काठमाडाैं । पछील्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी उषा सुवेदी अभिनित ‘सल्लाघारिमा’बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा उनलाई निक्स शर्माले अभिनयमा साथ दिएका छन ।

बगेश्वरी फिल्म्सको प्रस्तुति रहेको भिडियोमा निर्देशन तथा कोरियोग्राफी शंकर वि सिको रहेको छ भने छाँयाकन दुर्गा पोखरेल तथा सम्पादन नबिन घर्ती मगरको रहेको छ ।

गीतमा गायक प्रभावन जे को र गायिका रोजिना बस्नेतको स्वर  रहेको छ भने शब्द तथा संगीत माधव थापाको रहेको छ ।   मोडलिङको दुनियाँमा पृथक पहिचान बनाउने उद्देश्य बोकेकी उषा सुवेदी चर्चित भन्दा पनि कुशल तथा सफल कलाकार बन्ने चाहना रहेको बताउँछिन् ।  आफ्नो सबै भिडियोहरु लगायतमा गरेको अभिनयलाई मनपराए झै हालै सार्वजनिक यस् भिडियोलाई पनि दर्शकले उत्तिकै माया गरिदिनु हुन्छ भन्ने आश रहेको कुरा तेजनेपाललाई बताईन ।

भिडियोलाई डि ए आर  मुभिज एण्ड फिल्म्सको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here