काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किँदा दुईजना भक्तजन घाइते भएका छन्।
पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको पर्खाल मंगलबार साँझ भत्किँदा भक्तजनहरुको बिचल्ली भएको थियो।
त्यसबेला पुलमा धेरै मानिस भए पनि दुईजना बागमती नदीमा खसेर घाइते भएका छन्।


















