सामाजिक सञ्जालबाट चार नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या

107

काठमाडौं । सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ती नाबालिकाहरूको फेसबुक एकाउन्ट खोली अश्लिल शब्द प्रयोग गरी पीडित नाबालिकाहरुको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाउने तथा नावालिकाहरुको सार्वजनिक रुपमा चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, सामाजिक सञ्जालमा बैदेिशक रोजगारीको सिलसिलामा ओमानमा रहेकी नेपाली महिलाको फेसबुक एकाउन्ट खोली महिलाको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा रुपन्देही सैनामैना नगरपालिका–४ मुर्गिया घर भएका ३६ वर्षीय जीवन दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनले वैदेिशक रोजगारीमा रहेकी आफ्नै श्रीमतीको सामाजिक सञ्जालमा फोटोमा अश्लिल क्याप्सन राखी सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरी चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here