जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

35

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ चमती बस्ने ४२ वर्षीया दिलमाया पोडेको घरमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ८० रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here