काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको जनाए ।
त्यसअघि संसद्मा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो ।


















