भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

35

एजेन्सी । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराउनुभएको बीबीसी हिन्दीले जनाएको छ । रक्षामन्त्री सीहले यो उपलब्धिका लागि बधाई ज्ञापन गर्नुभएको छ ।

भारतले ओडिसाको डा. एपीजे अब्दुल कलाम टापुबाट हिजो मिसाइलको सफल परीक्षण गरेको हो । भारतीय शसस्त्र बल र रक्षा अनुसन्धान एवम् विकास सङ्गठनले संयुक्त रूपमा मिसाइलको परीक्षण गरेका हुन् । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको रक्षा मन्त्री सिंहले जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here