जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

18

बर्दिया । बाँसगढी नगरपालिका-३ शान्तिपुर बस्ने ६० वर्षीय खिम बहादुर महतको घरमा जुवातास खेलिरहेको अवस्थामा खिम बहादुर समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ३ सय १५ रूपैयाँ, २ गड्डी तास र मोबाइल ५ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here