स्व. भक्तराज आचार्य कालजयी गीत, संगीतको धनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्व. भक्तराज आचार्य कालजयी गीत, संगीतको धनी भएको जनाएका छन्।
सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका...
भजन शिरोमणि भक्तराज आचार्यलाई प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने जनाउनुभएको छ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण...
किसानलाई दूध खरिद गरेबापत भुक्तानी तुरुन्त दिन निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले हिजो बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा...
प्रतिपक्षमा बस्ने सांसदहरूले एकअर्को पक्षलाई दागी देखाउने दोहोरी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले विगत केही दिनदेखि संसद्मा सत्तापक्ष र प्रतिपक्षमा बस्ने सांसदहरूले एकअर्को पक्षलाई दागी देखाउने दोहोरी चलिरहेको भन्दै संसद्लाई प्रभावकारी बनाउने उपाय सुझाएका छन्।
'यही पाराले त...
संसद् बैठक १५ मिनेटसम्म रोकियो
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले सोमबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । विवादित मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग सम्बोधन नगरिएको भन्दै नाराबाजी गरिएको हो ।
‘भ्रष्ट’ मन्त्रीलाई कारबाही गर भन्दै उनीहरूले नाराबाजी गरेका...
प्रतिनिधि सभामा ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ पेस
काठमाडौं । ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस गरिएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेस गरेका हुन्।
विधेयक पेस गर्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक...
इलाम-२ र बझाङ-१ को उपनिर्वाचन बैशाखमा हुने
काठमाडौं । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर-१ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ । त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । बैठकले...
एमालेले विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने
काठमाडौं । नेकपा एमालेले आज पनि संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने भएको छ ।
‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट...
माकेकाे बैंठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ...
तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ।
शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको...

























