वैज्ञानिक खोज परम्परालाई पुनः जागृत गर्नुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने जनाउनुभएको छ ।
बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा मङ्गलबार जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले...
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा
काठमाडौं । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा गरिएको हो ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगमा दल दर्ताका...
रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पेस
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम...
परराष्ट्रमन्त्री देउवा क्यानाडातर्फ प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सोमबार साँझ क्यानाडातर्फ लागेकी छिन् । क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी क्यानडा जान लागेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
नेपालको शिर ढल्ने काम गर्दिन : प्रधानमन्त्री ओली
काठमाडौं। अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्ने गरी कुनै पनि काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले...
ठगी व्यक्तिहरूलाई कारबाहीको सिफारिससहित प्रतिवेदन तयार
काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले ठगीमा संलग्न विभिन्न व्यक्तिहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार पारेको छ। उक्त प्रतिवेदन सोमबार सदस्यले हस्ताक्षर गरेर संसद्लाई बुझाउने तयारी रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
सहकारी रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदन पेस
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’...
विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।
सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो...
प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीले सम्बाेधन गर्ने
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउन लागेका हुन्। ओली संयुक्त राष्ट्र संघको...
संविधानको रथार्थ दह्रिलो ढङ्गबाट उभिनुपर्नेमा जोड
काठमाडौं । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले परिवर्तनका लागि निरन्तर लडेका पक्ष संविधानको रथार्थ दह्रिलो ढङ्गबाट उभिनुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले संविधानको सफल कार्यान्वयनसँगै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा...

























