५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ५ वर्ष ७ महिनाअघि नेतृत्व हस्तान्तरण गर्दै सरकारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तिनै देउवालाई विस्थापित गर्दै तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
पूर्वसहमतिअनुसार...
पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको १० प्रतिशत भाडा समायाेजन
काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट ८ देखि १० प्रतिशत भाडा समायोजन भएकाे हो ।
चार वर्षदेखि एउटै भाडा कायम भएको भन्दै भाडा बढाउन ट्याङ्कर...
बल्ल जुर्यो कागजात खोतल्ने साइत
काठमाडौं । बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ।
दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न...
११ अर्ब १६ करोडको विद्युत भारत निर्यात
काठमाडौं । यस वर्षको पुस ३ गतेसम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट...
ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको...
एक करोड रकमसहित कान्तिपुर सहकारीका अध्यक्ष फरार
सप्तरी । सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष करोडौं रुपैयाँ लिएर फरार भएका छन् ।
राजविराज नगरपालिका–७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन्...
काठमाडौं उपत्यकाका यी सडकमा बढ्यो सवारी चाप
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले कोटेश्वर, त्रिपुरेश्वर र लैनचौर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको जनाएको छ । जडिबुटीबाट कोटेश्वरतर्फ आउने, भद्रकालीबाट सुन्धारा हुँदै त्रिपुरेश्वरतर्फ जाने र सोह्रखुट्टेबाट लैनचौर आउने सवारी साधन चापमा...
गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित
गुल्मी । गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित रहेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुङ्गा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मी दरबार गाउँपालिकामा २४ जना, छत्र कोट गाउँपालिकामा ४५ जना, रुरु क्षेत्र...
मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्वाचन आयाेगकाे निर्देशन
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई अन्तिम मतपरिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएकाे छ ।
प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश...
संविधानमा के छ सरकार बन्ने प्रावधान ?
काठमाडौं । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दलहरूले सरकार गठनको गृहकार्यलाई अघि बढाउन थालेका छन् । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने स्पष्ट खाका आइसकेको छ । त्यसैले...
























