७० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४७औं समूह अन्तर्गत...
मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास
काभ्रे । मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गरिरहेका छन् ।
दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास गरेका छन् भने...
२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानीद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक...
एसपी आभुषण तिम्सिनाको राजीनामा स्वीकृत
काठमाडौँ । प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।
बिहीबार गृह सचिव विनोद प्रकाश सिंहले उनको राजीनामा स्वीकृत...
सशस्त्र प्रहरीले बनायो प्रति आतंकवाद इकाई
काठमाडौँ । सशस्त्र प्रहरीले प्रति आतंकवाद इकाई गठन गरेको छ । प्रति आतंकवाद इकाई गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए ।
सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग कुरा...
नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरीको कार्ययोजना, २०७९ र चालु आ.व. २०७९/०८० को वार्षिक कार्य सम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय...
नेपाल प्रहरी र लक्ष्मी बैङ्क छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल प्रहरी र लक्ष्मी बैङ्क लिमिटेडबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरी र लक्ष्मी बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी र लक्ष्मी बैङ्क...
काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने
काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ ।
शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक...
पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
काठमाडौं । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख रुपियाँ ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना...
२१ ओटा दुईपाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडाैं । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी...

























