त्रिविले वैशाख १० गतेको परीक्षा सार्यो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ ।
वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा...
काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने
काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ ।
शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक...
किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न
कपिलवस्तु । पालिका स्तरीय किशोरी अधिकार मंच कृष्णनगर कपिलवस्तुको आयोजना , ओरेकको सहयोगमा किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न भएको छ।
कृष्णनगर पालिका स्तरीय किशोरी अधिकार मंचकी अध्यक्ष रूपा कश्यपको अध्यक्षता,प्रमुख अतिथीमा कृष्णनगर नगरपालिका नगर प्रमुख...
तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौं । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
‘वैशाख १ देखि ७ सम्म प्रत्येक वडामा दुईजना स्वयंसेवक पठाएर मतदाता शिक्षा सम्पन्न भएको छ । मतदान...
चिट चोर्न नपाएपछि क्याम्पसमा तोडफोड गर्ने २ पक्राउ
काठमाडौं । बाराकाे कलैयास्थित रामराजा क्याम्पसमा चिट चोर्न नदिएको भन्दै स्नातक तहका परीक्षार्थीहरूले तोडफोड गरेका छन्।
स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेका बेला बिहीबार बिहान कलेजमा तोडफोड भएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४०...
क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनः निर्वाचित
हवाना । क्युबाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनः निर्वाचित गरेको छ ।
डियाज–क्यानेललाई पुनः निर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन् २०१८ मा राष्ट्रपति बन्नुभएको थियो...
कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति
कपिलवस्तु । कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।
बिहीबार विजयनगर गाउँपालिका –५ सिसवामा...
एसीसी प्रिमियर कपमा मलेसियाकाे पहिलाे जित दर्ता
काठमाडाैं । एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले पहिलाे जित निकालेकाे छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलाे जित दर्ता गर्न सफल भएकाे छ ।
साउदी अरेबियाले दिएकाे एक सय ५४ रनकाे मध्यम लक्ष्य...
आजको खग्रास सूर्यग्रहण अस्ट्रेलियादेखि इन्डोनेसियासम्म यस्तो देखियो
काठमाडौं । सन् २०२३ को पहिलो सूर्यग्रहण आज बिहान ७ बजेर ५५ मिनेटबाट सुरु भएको छ । यो पहिलो पटक अष्ट्रेलियामा देखिएको थियो। फिलिपिन्स, इन्डोनेसियालगायत धेरै देशका मानिसले यो सूर्यग्रहण देखेका छन् । तर,...
























