क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना
पोखरा -बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्मा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ...
आज २३२ कोरोना संक्रमित थपिए : कुल संक्रमित १५ हजार ४ सय ९१
काठमाडौं - देशमा दुई सय ३२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो...
धावक विल्सन किप्साङमाथि चार वर्षको प्रतिबन्ध
एजेन्सी - म्याराथनका पूर्व कीर्तिमानधारी धावक विल्सन किप्साङमाथि चार वर्षको प्रतिबन्ध लगाइएको छ। एन्टी डोपिङ नियम तोडेको भन्दै ३८ वर्षीय केन्याली धावकमाथि प्रतिबन्ध लगाइएको हो।
उनले अप्रिल २०१८ र मे २०१९ को बीचमा एन्टी डोपिङको नियम...
सेनाका प्रवक्तामा पौडेल
काठमाडौं - नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्। उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन्।
यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ । रासस
रणबहादुरले दिईएको यातनाकाे स्मरणमा नेपाल भाषाकाे गीत प्रतियाेगिता हुने
काठमाडाैं - आज भन्दा करिव २२३ वर्ष पहिले राजा रणबहादुर शाहले काठमाडौँ उपत्यकामा बिफर रोग फैलिंदा दिईएको यातनाकाे स्मरणमा नेपालभाषाकाे गीत प्रतियाेगिता हुने भएकाे छ ।
कोरोना भन्दा कयौं गुणा ठुलो बेदना भएको पिडा पोखि गाइराखेको ऐतिहासिक...
संसारभर १ करोड ११ लाख बढी संक्रमित, ६२ लाख बढी संक्रमण मुक्त
काठमाडौं - संसारभर एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ८१ हजार ८१८ पुगेको छ ।
विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको...
खाेकनामा रोपाइँका क्रममा प्रहरीकाे दमन
ललितपुर - आफ्नो खेतमा रोपाइँ गर्न गएका खोकनाका किसान र प्रहरीबीच झडप भएको छ।
खनजोत र रोपाइँ गर्ने क्रममा प्रहरीले अवरोध श्रृजना गरेपछि किसान र प्रहरीबीच झडप भएको थियाे ।
प्रहरीले किसानलाई लक्षित गर्दै केही सेल...
व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिइने
काठमाडौं - पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ ।
पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति...
जापानमा बर्षाका कारण दर्जनभन्दा बढी व्यक्ति हराए
एजेन्सी - जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका...
आइसोलेसनमा उपचाररत ४४ वर्षीय पुरुषको निधन
काठमाडाैं– गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएकाे छ। गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।
कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान...

























