कक्षा १२ को परीक्षाफल सार्वजनिक
भक्तपुर । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।
मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जानकारी...
डेंगुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभरि डेंगुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
डेंगुको सङ्क्रमणबाट...
डोल्पाबाट ६ क्वीन्टल बहुमूल्य जडिबुटी यार्सागुम्बा निकासी
डोल्पा । गएको आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट ६ क्वीन्टलको परिमाणमा बहुमूल्य जडिबुटी यार्सागुम्बा निकासी भएको छ ।
भण्डार क्षेत्रको रुपमा रहेको डोल्पाबाट ६ क्वीन्टलको परिमाणमा यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको शे–फोक्सुडो राष्ट्रिय निकुञ्ज र...
दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन
काठमाडाैं । संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ ।
सङ्घीय संसद्, राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको मङ्गलवार बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय नभएको निष्कर्ष निकाल्दै...
स्पेन महिला विश्वकप फुटबलकाे फाइनलमा
काठमाडाैं । स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । मङ्गलवार न्युजिल्यान्डकाे अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २–१ गोलले हराउँदै स्पेन पहिलाे पटक उपाधि नजिकै पुगेको हो ।
खेलको ८१ औँ...
हिमाल आरोहणको रोयल्टी वृद्धि गर्ने
काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.)सहित अन्य हिमाल आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने तयारी गरेको छ ।
पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क...
नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा पुग्याे
काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स ६.२९ अंकले घटेर ३९१.८४ विन्दुमा अडिएको छ। सोमबार ३.६१...
सुन तस्करी प्रकरण अनुसन्धानमा सघाउन तयार : कृष्णबहादुर महरा
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको जनाएका छन् ।
दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि...
अरिङ्गालले टोकेर एकको मृत्यु
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
सोमबार बेलुका साथिहरुसँग देविस्थान...
रुसकाे एक पम्पमा आगलागी हुँदा १२ जनाको निधन
काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको निधन भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो ।
बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको...

























