विद्युत् प्राधिकरणले सर्वसाधारण लक्षित सेयर जारी गर्ने
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले...
एकदिवसीय विश्वकपका ९ वटा खेलको मिति परिवर्तन
काठमाडौं । एकदिवसीय विश्वकपका ९ वटा खेलको मिति परिवर्तन गरिएको छ ।
यसअघि अक्टोबर १५ मा हुने भनिएको भारत र पाकिस्तानको खेल १ दिनअघि सारिएको छ । यो खेल पूर्वनिर्धारित स्थान गुजरातको नरेन्द्र मोदी स्टेडियममा...
नयाँबानेश्वर ट्याक्सी चालकको विराेध प्रदर्शन
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन्...
कपनमा घरटहरा भत्काउन खाेज्दा स्थानीय आन्दोलित
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपछि स्थानीयले विरोध गरेका छन् ।
बूढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी...
कांग्रेस नेता सुनील शर्मा पक्राउ
काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरेको...
ग्लोबल आईएमईले थप नयाँ सुविधा ल्यायाे
काठमाडौं । ग्लोबल आईएमई बैंकको क्यूआर कोडमार्फत हुने भुक्तानीको अब स्मार्ट अडियो डिभाइसबाट तत्कालै भ्वाइस म्यासेज प्राप्त हुने भएको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको...
सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको छ । यो ०.२४ प्रतिशतको वृद्धि हो ।
बिहीबार होटल...
कांग्रेस संसदीय दलको बैठक देउवाले बोलाए
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी सूचना आएको सांसद प्रतीमा गौतमले...
सिडमा बन्दना राणाले उमेदवारी दिने
काठमाडौं । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड)मा बन्दना राणाले तेस्रो कार्यकालका लागि उमेदवारी दिने भएकी छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिडको तेस्रो कार्यकालका लागि उमेदवारी दिन स्वीकृति दिने निर्णय गरेको...
नेपाल राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान गरेका छन्।
मिडफिल्डर पुजन उपरकोटी, विंगर रविशंकर पासवान र डिफेन्डर निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यी तीन खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका...























