मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सुन्दर भविष्य...
कम्बोडियामा आमचुनाव
एजेन्सी । कम्बोडियामा विश्वसनीय प्रतिपक्षविनानै आमचुनाव भएको छ । त्यहाँको राष्ट्रिय सभाका लागि १ सय २५ जना सांसद चयन गर्न हरेक पाँच वर्षमा चुनाव हुनेगर्छ । यो चुनावमा सत्ताधारी दलविरुद्ध विश्वसनीय प्रतिपक्ष प्रतिस्पर्धामा थिएन...
प्रधानमन्त्री ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट भएको छ ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई...
प्रधानमन्त्री र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता
काठमाडौं । इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डी म्याकअनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम...
ब्राजिलको जितमा एरीको ह्याट्रिक
काठमाडौं । एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ ।
समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले हरायो । ब्राजिलको जितमा एरीले १९,...
आर्जन बचत तथा ऋण सहकारी संस्थाका १२ सय बचतकर्ता ठगिए
काठमाडौं । केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)का प्रहरी नायब उपरीक्षक (डिएसपी) मदनजीत महराले १२ सय बचतकर्ता ठगेका सामाखुशीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकहरूलाई ‘भगाएका’ छन् ।
बचतकर्ताहरूले दिएको उजुरीबमोजिम बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले जेठ...
विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षीय लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडिबुटीमा रमाउन थालेका छन्।
लामो समय विदेशी भूमिमा काम गरेर उनी फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखर खेती...
चाँगुनारायणमा डेंगु रोकथाम अभियान शुरु
भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगु रोकथाम तथा नियन्त्रणका लागि डेंगु रोग खोज तथा नष्ट अभियान शुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान थालेको हो...
पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति सहकारीलाई समस्याग्रस्त...
इजरायली प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, विवादास्पद विधेयकमा मतदानको तयारी
जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको शेबा मेडिकल सेन्टरले सोमबार जनाएको छ ।
नेतन्याहुको कार्यालयबाट ७३ वर्षीय नेतान्याहुलाई मुटुको गति नियमित गर्ने ‘पेसमेकर’ जडान गरिएको एक दिनपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको...

























