एसको सचिवालय बैठकमा भावी सरकारबारे छलफल 

  काठमाडौं । मंगलबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। गठबन्धनलाई निरन्तरता दिने पक्षमा एकीकृत समाजवादी छ। ‘मतपरिणाम सोचेजस्तो छैन तर पनि गठबन्धनका कारण प्राप्त उपलब्धिलाई...

मुलुकको विकासका लागि सुशासन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उहाँकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार पार्न आर्थिक...

समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना

काठमाडौं ।  समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ७ बजेसम्मकाे तथ्यांक हेर्दा नेकपा एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरी अग्रता कायमै...

नौ दिनपछि अनेरास्ववियुका नेता चेतन अयडीको दाहसंस्कार

बाजुरा । गत मंसिर ४ गते हत्या गरिएका नेकपा एमालेनिकट अनेरास्ववियुका नेता चेतन अयडीको नौ दिनपछि दाहसंस्कार गरिएको छ।  एमाले बाजुराले सोमबार बिहान अयडी शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखेको थियो। त्यहाँबाट शव यात्रा चलाइएको...

एकीकृत समाजवादी पार्टी नेता खनाल पराजित

इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्। सुरुदेखि नैं पछि परिरहेका खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २९ सय ५७ मतले पराजित भएका हुन्।...

प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। शनिबार प्रचण्ड निवास खुमलटारमा दुईबीच छलफल भएको हो। 'भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गर्नुभएको...

सुनसरी २ (ख) मा एमालेका मेहता निर्वाचित

इनरुवा । सुनसरी क्षेत्र नं. २ (ख) बाट नेकपा (एमाले) का रामप्रसाद मेहता विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मेहताले १७...

भोजपुरबाट माओवादीका सुदन किराँती विजयी

  भोजपुर, भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँती विजयी हुनुभएको छ। किराँतीले नेकपा (एमाले)का शेरधन राईलाई दुई हजार ३ सय ८५ मतले पराजित गर्नुभएको हो।  उहाँले कुल खसेको मत ६१ हजार ८...

सिन्धुली १ प्रदेश सभा (ख) मा कांग्रेसका रामकुमार पहाडी विजयी

सिन्धुली। सिन्धुली १ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ। पहाडी १५ हजार ६२१ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत...

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको...

RECENT POSTS

HOT NEWS