राष्ट्रियसभाबाट आर्थिक बजेट पारित
काठमाडौं । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित...
एस पार्टीमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । गएको १६ गते शुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले आज ९३ सदस्यीय केन्द्रीय समिति घोषणा...
मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले...
५० युक्रेनी ड्रोनहरू नष्ट
मास्को । रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
मन्त्रालयले रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको...
महामन्त्री डा. मुकुल ढकालको नाम रास्वपाको वेवसाइटबाट हटायाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकालको नाम पार्टीको वेवसाइटबाट हटाएको छ । बिहीबार बिहानसम्म ढकालको नाम रास्वपाको वेवसाइटमा देख्न सकिन्थ्यो । तर अहिले उनको नाम देखिँदैन ।
बुधबार बसेको पार्टीको केन्द्रीय...
सबै मन्त्रालय प्रधानमन्त्री प्रचण्डले जिम्मा लिए
काठमाडौं । नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मा लिएका छन् ।
एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै...
अशोक राईकाे जसपाले मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने
काठमाडौं । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।
वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन...
रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन् ।
सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल...
प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
भेटमा रास्वपाका मन्त्रीहरु पनि सहभागी थिए । एमाले र...
प्रधानमन्त्री ‘प्रचण्ड’लाई राजीनमा दिन सुझाव
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति...

























