प्रतिक्षित बलिउड चलचित्र ‘भारत’ विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । यस चलचित्रको पब्लिक इन्ट्रेस्ट लिटिगेशन (PIL)ले ‘भारत’ शब्द फिल्मको शिर्षकमा प्रयोग गर्दा जनताको भावनामा ठेस पुगेको र नाम रिलिज अगावै परिवर्तन गर्नु पर्ने जनाएको छ ।
सलमान खान, कट्रिना कैफ स्टारर यस चलचित्रको शिर्षक ‘सेक्सन ३ प्रतिक र नामको (अनुचित उपयोगको रोकथाम) कानुन उल्लङ्घन’ जनाइएको छ ।
जस अनुरुप ‘भारत’ शब्द व्यक्तिगत र व्यावसायिक रुपमा प्रयोग गर्न पाइदैन । PILले ‘भारत’ शिर्षकलाई लिएर आपत्ति जनाएको हो । यसका साथै ट्रेलरमा सलमानले बोलेको एक संवाद पनि परिवर्तन गर्नु पर्ने जनाएको छ ।
सलमानले आफ्नो नामको तुलना देशसँग गरेका छन् । ट्रेलरमा सलमानले बोलेको सो संवाद पनि विवादको विषय बनेको हो । अलि अब्बास जफर निर्देशित ‘भारत’ ५ जुनमा रिलिज हुँदैछ । चलचित्र निर्माण पक्षले यस बारे केहि बोलेको छैन ।

















