धरमरमा सत्ता गठबन्धन
काठमाडौं । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धर्मराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोपप्रत्यारोपमा उत्रिन थालेका...
२२ दललाई जनमत
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा २२ वटा दलले विभिन्न पदमा विजय हासिल गरेका छन् । बिहीबारसम्मको मतगणनाको परिणामअनुसार वडा सदस्यदेखि नगरप्रमुख, अध्यक्षसम्मका पदमा निर्वाचित भएका पार्टीको सङ्ख्या २२ पुगेको निर्वाचन आयोगले...
हट्यो संसद्को कीर्तिमानी अवरोध
काठमाडौं । प्रतिनिधि सभाको कीर्तिमानी अवरोध प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अन्त्य गरेको छ । अवरोधका क्रममा उठाइएका मागमा ठोस सम्बोधन नभए पनि एमालेले दुई आधार पेस गर्दै अवरोध अन्त्य गरेको हो ।
फरक तरिकाबाट आफ्ना मागमा प्रतिवाद...
एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ
काठमाडौं । काठमाडौं असनका सुनिल शर्मा सोमवार बिहानै तरकारी किन्न असन बजारमा जाँदा गोलभेँडाको मूल्य सुनेर चकित भए । ‘बल्लबल्ल एउटा पसलमा प्रतिकिलो १४० रुपैयाँमा भेट्टाएँ । महँगो भए पनि किन्नै पर्यो,’ उनले भने...
सरकारले सार्वजनिक यातायातको भाडा बढायाे
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन गरेको हो ।
साबिकको भाडादरमा ५...
रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला घटनाले यस्तै देखाउँछ ।
पछिल्लो सात...
मोदीको लुम्बिनी भ्रमण आज
लुम्बिनी । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारतका प्रधानमन्त्री मोदीको भ्रमणका लागि सम्पूर्ण आवश्यक...
न्यूनतम चुक्ता पुँजीवृद्धिको दबाबमा बीमा कम्पनीहरू : तीनवटा जीवन बीमा कम्पनी मर्ज भएर एउटै...
काठमाडौं । बीमा कम्पनीहरुको लागि निमनकारी निकाय बीमा समितिले २०७८ चैत १० गते बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजीवृद्धि गर्नुपर्ने अनिवार्य व्यवस्था ग-यो ।
उक्त व्यवस्थाअनुसार जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको...
झारल र नाउरको सिकार
काठमाडौं । विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले...
दुई दिनको पैदल यात्रापछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा
लमजुङ । मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।
सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात...

























