मानसिक असन्तुलन भएकी बहिनीले लगाइदिइन् दिदीको घरमा आगो
तम्घास । मानसिक अवस्था ठिक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् ।
जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षकी मीना विकले दिदी दुर्गा विकको दुईतले जस्ताले छाएको घर र दुईतले खरले छाएको...
आजबाट माधव नारायण मेला सुरु
काठमाडौं । साँखुमा आजबाट माधव नारायण मेला सुरु भएको छ । मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिले तैयारी गरेकाे छ ।
भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै समितिले सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी...
घुन्साबस्ती सम्पर्कविहीन
फुङ्लिङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो ।
टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन...
कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
जुम्ला- कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् भने पाँच जिल्लामा अझै राष्ट्रिय ग्रिड पुगेको छैन। सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ।
जुम्ला, कालीकोट,...
ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी
गलकोट - नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो ।
सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको...
झोलुङ्गे पुल भत्कँदा समस्या
वीरगञ्ज । पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ । सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न...
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने...
बुढेसकालले राेकिदैन एसइई पास गर्न
म्याग्दी । बेनीको उज्यालो वैकल्पिक विद्यालयमा आइतबार निकै चहलपहल थियो । पाका उमेरका महिलाहरु एक अर्कामा वधाइ साटासाट गरी रहनु भएको थियो ।
एसईईको परीषाफल हेरेर खुशी हुनेमा हजुर आमा उमेरकी ६० वर्षीय भुलमाया तिलिजा पनि...
आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै
काठमाडौं । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा...
गर्मीबाट बालबालिका बिरामी पर्न थाले
जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उहाँले अस्पतालको ‘ओपिडी’मा दैनिक...

























