प्रधानमन्त्रीओली भारत भ्रमणमा जाने
धनगढी । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने जनाएका छन् ।
आज प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ,...
भारतका अर्बपति अडानीविरुद्ध मुद्दा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपति व्यवसायी गौतम अडानी विरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।
अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१३ असारीमा स.१ त ५७४२ नम्बरको ट्याक्टरले प्र.१-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सर्लाही, बरहथवा नगरपालिका-१ सहनी टोल बस्ने राम प्रवेश सहनी, उनकै भाई मनोज सहनी र २० वर्षीय ललका सहनीको घरमा गए राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
बिहीबार अमेरिकी...
मध्यरातमा विद्युत् चुहावट भएर आगलागी
काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो।
आगलागीबाट घरको पहिलो...
प्रजातन्त्रबिरुद्ध हुने गरी संविधान संशोधन नहुने : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने जनाएका छन्।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारत लगायतका देशहरुमा...
प्रम ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ ।
आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याएको हो ।
उनीमाथि प्रधानमन्त्री...
बढ्दो प्रदूषणका कारण पाकिस्तानकाे अवस्था गम्भीर
काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ ।
हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ...
बीमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त
काठमाडौं । असोज ११ र १२ को अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले गरेको जनधनको क्षतिपश्चात ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका...























