फेसबुकले गरायो ५८ वर्षपछि दाजु–बहिनीको भेट

नेपालगञ्ज । सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएकी...

प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित

काठमाडौं । एक सातादेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन...

नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध करिब पौने ३...

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुर । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का । जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा...

नयाँ वर्षको पहिलो कारोबार दिन नेप्सेमा २.८० अंकको गिरावट

काठमाडौं ।  नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से आइतबार २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ...

डढेलोका कारण देशभरको प्रदूषणको मात्रा बढ्याे

काठमाडौं । वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको बताएको छ। आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदूषणको मात्रा बढेको बताएका हुन्। उनले पानी नपर्दा र...

क्यानले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा

काठमाडाैं ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे । प्रतियाेगितामा नेपालले राेहित...

‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त सो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा...

सेती नदीको खोँचमा परेर ज्यान गुमाउन परेकोले तारबार लगाउन माग

काठमाडाैं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सेती खोँच वरपर तारबार लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले सेती नदीको खोँचमा परेर वर्षौ मानिसहरुले ज्यान गुमाउन परेको बताउँदै तारबार...

लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

झापा । नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट गरेको अभियोगमा दमक नगरपालिका-९ शान्तिमार्ग बस्ने ३६ वर्षीय सन्तोष कुमार पराजुली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

RECENT POSTS

HOT NEWS