प्रतितोला एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ...
बिजुली बजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी
काठमाडौं । निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुली बजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ । सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा...
भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु
फुङ्लिङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै...
इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने
वार्सा । युरोपेली सङ्घ इयुको हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।
सङ्घको हतियार कोषबाट देशलाई...
मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन
काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता...
पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हुने कार्यक्रमलाई अनुमति दिन आनाकानी
सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हुने कार्यक्रमलाई अनुमति दिन आनाकानी गरेको छ।
चैत २० गते इनरुवामा हुने सार्वजनिक कार्यक्रमका लागि स्वतन्त्र रुपमा अनुमति लिन पुगेका व्यक्तिहरुलाई प्रमुख जिल्ला अधिकारी हुमकाल...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनकुटा, धनकुटा नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ...
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
काठमाडौं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ ।
मालपोत कार्यालयमा लागू भएको भू-राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित...
गाईको मासु बेच्ने चिकेन स्टेशनलाई कारबाही गर्न पत्र
काठमाडौं । मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।
हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेशनले रमदानको अवसरमा गाईको...
अन्तर्राष्ट्रिय ऋण र अनुदान सम्झौता डेढ खर्ब नजिक
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिनासम्मा विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग करिब डेढ खर्ब रुपैयाँ ऋण र अनुदान लिने सम्झौता गरेको छ ।
पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार बढिरहेका बेला चालू आवको पुस मसान्तसम्ममा सरकारसले...

























