अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ
काठमाडौं। अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध...
पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका...
कुवेतमा अलपत्र सात कामदारको उद्धार
काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब...
युएनएफसिसिसीको पक्ष राष्ट्रको २७औँ सम्मेलन
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मे (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मङ्गलबार पनि विश्व नेताहरूले सम्बोधन गर्ने क्रम जारी रहनेछ ।
‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३०...
बाध्यात्मक प्रतिस्पर्धामा पृथ्वी र देव
बेँसीसहर । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङ हुनुहुन्छ । उहाँहरू दुवैको उम्मेदवारीमा प्रतिस्पर्धा मात्र होइन रोचक प्रसङ्ग...
विश्वकप प्रसारण अन्योलमा
काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ ।
फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण...
दुई जना डेंगु सङ्क्रमितको मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा दुई जनामा डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै ९१४ जनामा डेंगु पुष्टि भएको छ ।
योसँगै नेपालमा...
उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ ।
उत्तर कोरियाले...
चुनावले पेट्रोलको खपत बढ्यो
काठमाडौं । चुनावी राैनकतासँगै पेट्रोलको खपत बढेको छ । नेपाल आयल निगमका अनुसार गत वर्ष असोज महिनाको तुलनामा यो असोजमा पेट्रोलको खपत २८ प्रतिशतले बढेको छ । २०७८ असोजमा ४६ हजार ३ सय ५३...
साताको अन्तिम कारोबारमा पनि दोहोरो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार सामान्य दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से २३.५२ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ७० विन्दुमा बन्द भएको हो...

























