ऊर्जा, कृषि क्षेत्रको विकास गर्ने उन्मुक्ति पार्टीको प्रतिबद्धता
काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीले आफ्नो दल निर्वाचित भएमा ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रित गरेर विकासको काम गर्ने प्रतिबद्धता जनाएको छ । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उन्मुक्ति पार्टीले सो प्रतिबद्धता गरेको हो ।
मङ्सिर ४...
तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दै
डुम्रे । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ ।
कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा...
कालीगण्डकी बेँसीको सामाजिक भावनाको विकासलाई एकताबद्ध गर्ने केलादीघाटको मेला
रामपुर । कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ ।
यहाँ लाग्ने मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई...
घरको छतबाट खसेर एक बालिकाको मृत्यु
वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो।
बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा...
जहिल्यै कुर्सी रित्तै
कालिकोट । जिल्ला शिक्षा तथा समन्वय इकाई कालिकोट कार्यालयमा व्यापक अनियमितता पाइएको छ । २० साउन २०७९ मा बसेको द्वन्द्वपीडित शिक्षकको पदस्थापना तथा पुनर्बहालीबारे बसेको बैठकमा उपस्थित ९ शिक्षकको कार्यालय प्रमुख चन्दप्रकाश अधिकारीले किर्ते...
किसानलाई मल र उम्मेदवारलाई मतको चिन्ता
काठमाडौं। काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका–८, धाईटारका मुरलीप्रसाद पौडेललाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनअगावै खेतमा आलु रोप्ने चिन्ता छ । वर्षभरिको खर्चको जोहो हुने आलु खेतीका लागि आवश्यक रासायनिक मल नपाउँदा पौडेलको ध्यान निर्वाचनमा...
अघिल्लो निर्वाचनको बाचा र आश्वासन सम्झदै चिया मजदुर
इलाम । देउमाई नगरपालिका–३ का ढाकाराम अधिकारी चिया मजदुर हुन् । उनको दैनिकी चिया टिपेर, बेचेर बित्छ । ‘१–२ पैसा हुन्छ’ कि भन्ने आशमा चिया मजदुरी गरिरहेका छन् ।
मजदुरीबाट आएको पैसाले छोराछोरी पढाउनदेखि घरखर्च...
निटफेस्ट– २०२२ मङ्सिर ९ देखि १७ गतेसम्म हुने
काठमाडौं ।‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ (निटफेस्ट) को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना...
रथी दर्जामा पदोन्नति हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं ।नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार खड्का रथीमा बढुवा हुनुभएको थियो । शुक्रबार जङ्गी अड्डामा...
मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान
जुम्ला ।पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो...

























