धान काटेर खुवाउने परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी
रामपुर । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।
पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै हुनुहुन्छ ।...
बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु
काठमाडौं । दिदी–बहिनी नहुनेलाई काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाउन सुरु गरिएको हो ।
दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन...
अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान
सहजपुर । पछिल्लो समय कैलालीको अत्तरिया चोक व्यवस्थित बन्दै गएको छ । गोदावरी नगरपालिकास्थित उक्त चोक निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो ।
सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा...
मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै
महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ ।
सामान्यतया पाँच...
म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग
म्याग्दी। म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ ।
कृषि ज्ञान केन्द्र्रक स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने...
बेलायतका प्रधानमन्त्रीको युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन
लन्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलाइतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ ।
“युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न...
देशमा पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
तिहारको अन्तिम दिन भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,...
राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित
काठमाडाैं । राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् ।
एकपटक गैर–गान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा...
लिंगेपिङबाट खसेर दैलेखमा १८ वर्षे युवकको मृत्यु
काठमाडाैं । लिंगेपिङबाट खसेर दैलेखमा १८ वर्षे युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका– ६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर १८ वर्षे नवराज बोगटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख...























