‘नन ग्रेडेड’ सबैलाई समेट्नेगरी पूरक परीक्षा गरिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को अनपेक्षित नतिजा आएपछि ‘नन ग्रेडेड’ सबैलाई समेट्नेगरी पूरक परीक्षा गरिँदैछ ।  साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ ।...

फ्रान्स, पोर्चुगल क्वाटर फाइनलमा भिड्ने

काठमाडौं । फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा फ्रान्स, पोर्चुगल क्वाटर फाइनलमा भिड्ने भएकाे छ । राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्स बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल...

बाँकेमा डेङ्गु सङ्क्रमणको जोखिम बढ्दै

नेपालगन्ज ।  भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट...

नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्याे

काठमाडौं । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ। आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको...

‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक...

विभिन्न स्थानमा डुबेर मृत्यु

सप्तरी । हनुमाननगर कांकालिनी नगरपालिका-३ पोर्ताहा बस्ने लक्ष्मण रायको छोरा ६ वर्षीय रोषण रायको सोही ठाउँस्थित ढलमा डुबेर सोमबार राति मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको भारदह अस्पताल भारदहमा उपचारको क्रममा मृत्यु भएको...

करेन्ट लागेर मृत्यु

बाँके । कोहलपुर नगरपालिका-१३ भरैया बस्ने ४५ वर्षीया प्रेमा थारूको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले...

बुद्ध एयरले विवाहित जोडीलाई हवाइ टिकट दिने

काठमाडाैं । बुद्ध एयरले विवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने भएको छ। बुद्धले विवाहित जोडीलाई उपहार स्वरूप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो। यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । दैलेख, नारायण नगरपालिका-१ नयाँ बजारस्थित सुर्खेत बीरेन्द्रनगर नगरपालिका- १० घुस्रा घर भएका ३८ वर्षीय प्रकाश पौडेलको अन्नपुर्ण ईन्टरप्राईज फेन्सी कपडा पसलमा इन्भर्टर सर्ट भई सोमबार राति आगलागी हुँदा विभिन्न फेन्सी सामानहरू पूर्णरूपमा...

प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुग्याे

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा ४३ जनाको ज्यान गएको छ भने १११ जना घाइते भएका...

RECENT POSTS

HOT NEWS