भाग्यले साथ नदिदा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित हुन बाध्य
काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।
नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।...
युरोकपमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले हरायाे
एजेन्सी । युरोपियन च्याम्पियनसिप (युरोकप) मा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले पराजित गर्यो। यसअघि यो समूहमा आयोजक जर्मनीले विजयी सुरुवात गरीसकेको छ।
जर्मनीको रेन इनर्जी...
सुनचाँदी पसलमा लुटपाट
चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३...
विज्ञान-प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पहिलो पटक विज्ञान-प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार गरेको छ । मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक सो मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवाला, आम...
जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्याे राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार...
बझाङमा गयाे भूकम्प
काठमाडौं । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।
बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय...
नेपालका लागि श्रीलंकाली राजदूतलाई निम्ताे
काठमाडौं । पाकिस्तानी राजदूतावासले आयोजना गरेको विशेष कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधानसेनापति र नेपालका लागि श्रीलंकाली राजदूतलाई निम्त्याइएको छ ।
दूतावासले विगतमा पाकिस्तानमा सैन्य तालिम लिएका भूतपूर्व सैनिक अधिकृतहरुको सम्मानमा आयोजित कार्यक्रममा भूतपूर्व प्रधानसेनापति गौरब...
नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुँदै
बीरगंंज । नेपाली कांग्रेस पर्साले प्रशिक्षक शाखा द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज आयोजना गरेको छ। नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा स्वर्गीय वि.पि कोइलाराको फोटोमा फुलमाला तथा अबिर चढाइ औपचारिक रुपमा...
यसपालिको टोरोन्टो नेपालभाषा समर स्कुल सम्पन्न
काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालद्धारा सञ्चालित ‘टोरोन्टो नेपालभाषा समर स्कुल-२०२४’ सम्पन्न भएको छ ।
प्रोफेसर क्रिस्टोफ इमिरिचको सक्रियतामा रोबेर्ट एच एन हो फेमेली फाउण्डेसन र बौद्ध अध्ययन बिभाग, टोरोन्टो बिश्वबिद्यालयको आयोजनामा सञ्चालन भएको ‘टोरोन्टो नेपालभाषा...
उपाधि दावेदार मानिएको आयाेजक जर्मनीले स्कटल्यान्डलाई ५-१ गाेलले हरायाे
युरोकप फुटबलमा आयोजक जर्मनीले सानदार सुरुवात गरेको छ। शुक्रबार राति भएको समूह ‘ए’ अन्तर्गतको आफ्नो पहिलो खेलमा उपाधि दावेदार मानिएको जर्मनीले स्कटल्यान्डलाई ५-१ ले पराजित गरेको हो।
१० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीका लागि फ्लोरिएन रिट्ज,...

























