मेलम्ची खानेपानी आयोजनाको अनुगमन
सिन्धुपाल्चोक । संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ ।
आयोजनाका बारेमा विभिन्न कोणबाट टिप्पणी आइरहेको बेला संसदीय समितिले त्यसको ‘हेडवर्क्स ’लगायत संरचनाको स्थलगत अनुगमन गरेको हो ।
उपसमिति संयोजक...
कुमारी बैंक र कान्तिपुर डेन्टलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार बैंकका...
दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । हालै पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी...
कांग्रेसले सौदाबाजी गर्न नहुने
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरू बीचको छलफल सकिएको छ ।
सिंहदरबारस्थित कार्यकक्षमा सभामुखका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो...
सेयर बजारमा सुधार
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार छ । परिसूचक ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बन्द भएको छ ।
७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच...
आफ्नो मातृभूमिको आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान
काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गरेका छन् ।
शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न...
चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र
काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् ।
प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।
चित्रकार यादव...
नेपालको ग्रामीण स्वास्थ्यमा सहयोग पुर्याउने ‘जिम’ को निधन
काठमाडौं । नेपालको ग्रामीण स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सहयोग पुर्याउने निक साइमन्स इन्स्टिच्युटका संस्थापक जेम ह्यारिस साइमन्स ‘जिम’ को निधन भएको छ ।
गणित विज्ञ तथा अमेरिकाकै धनी मध्येका एक साइमन्सकोे ८६ वर्षको उमेरमा...
राष्ट्रपति पौडेल र प्रम प्रचण्डबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको...
आर्थिक वर्षको नीति तथा कार्यक्रमबिना अवरोध प्रस्तुत हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबिना अवरोध प्रस्तुत हुने जनाएका छन्।
जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत...

























