नेकपाका सांसदले घरभाडा नलिने
रुपन्देही / प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने...
‘मिसन साहसी’को मिसन सबै महिलालाई जरुरी , पुरुष सचेतना प्रशिक्षण तर्फ पनि आवश्यक
- निशा तामाङ
समाजमा महिला विरुद्ध हुने हिंसा र विभेद सर्वत्र चिन्ताको विषय भएको पाइन्छ । महिला विरुद्ध हुने क्रियाकलापबाट बचाउन महिलाहरूलाई सजग र सक्षम बनाउनु पर्ने आवाज पनि सर्वत्र उठिरहेको छ । म स्वयम्...
जानकी मन्दिरमा अश्लील नृत्य प्रदर्शन
काठमाडौं / जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्रांगणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ ।
मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज...
राजनीतिक शुद्धीकरणमा डा.भट्टराईको जोड
मेलम्ची / नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको जनाउनुभएको छ ।
नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको...
महालक्ष्मी लाइफको कारोवार आइतबारदेखि
काठमाडौँ/देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक...
चीन र अमेरिका सहकार्य विश्वको चाहना : अमेरिकाका लागि चिनियाँ राजदूत
वासिङटन/संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुइ चिनकाइले विश्वले चीन र अमेरिकाबीच यस पहिलेभन्दा अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताउनुभएको छ ।
चीन–अमेरिकाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ बर्षको उपलक्ष्य र चिनियाँ नयाँ...
राजदूत नियुक्तिमा नयाँ मापदण्ड कार्यान्वयनमा
काठमाडौँ/राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई सम्बन्धित देशका बारेमा जानकारी र भाषिक ज्ञान...
विद्यालयमा झरी बिदा, सदरमुकाम सुनसान
रारा/जिल्लाभरि रहेका सामुदायिक तथा निजी विद्यालयमा आज झरी बिदा भएको छ ।
बिहानदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र बेसीमा पानी पर्न थालेपछि मुगु जिल्लाका प्रायः विद्यालयले १० बजे विद्यालय खोलेर प्रार्थना र राष्ट्रिय गानपछि विद्यार्थीलाई...
बाग्मती सरसफाइ महाअभियानको ३०० औँ हप्ता विशेष कार्यक्रम हुने
काठमाडौँ/‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३०० औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । अगामी शनिबार बिहान ८ः३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल...
बोलेरो दुर्घटनामा ५ को मृत्यु
सिन्धुली/फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५...

























