सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गयो
काठमाडौं। आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ।
प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने घोषणा
काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले जानकारी दिए ।
शनिवार...
ग्लोबल आइएमईको १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना...
बालकुमारी घटनाबारे सरकारले छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने
काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने...
कांग्रेसकाे तदर्थ समितिकाे अवधि ६ महिना थप
काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना अवधि थपेको छ ।
पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको अवधि ६ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले...
प्रहरी दमनको घोर भत्र्सना
काठमाडाैं । वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरुमाथि ललितपुरको वालकुमारी ग्वार्कोमा शुक्रबार पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ...
विपिन जोशीको रिहाइका लागि प्रयास जारी
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको जनाउनुभएको छ ।
आज आइतवार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले...
एपीएफ प्रधानमन्त्री कप महिला टी २० क्रिकेटको फाइनल प्रवेश
काठमाडाैं । कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुग्ने पहिलो टोली हो।...
नेपालमा यो वर्ष हवाई यात्रुको संख्याको बढ्याे
काठमाडौं । नेपालमा यो वर्ष हवाई यात्रुको संख्याको बढेको छ । यो वर्ष ११ महिनामा यात्रुको संख्या अन्तर्राष्ट्रिय उडानतर्फ ४१.०४ र आन्तरिक उडानतर्फ ३७.४८ प्रतिशतले बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ...
गुरुङ समुदायले ल्होसारको अवसरमा विशेष कार्यक्रम
काठमाडौं । तमु गुरुङ ल्होसार २०८० को अवसरमा आयोजित ल्होसार कार्यक्रममा सहभागीहरु भएका छन् । तमुहरुले बिरालो वर्गलाई विदाई गरी गरुड वर्गलाई स्वागत गरेको छन् ।
पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्...

























