२५औं एसियनमा धावक सोमबहादुर कुमालले गरे सुधार
काठमाठौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्यामपियनसिपमा धावक सोमबहादुर कुमालले ४०० मिटरमा व्यक्तिगत समयमा सुधार गरेका छन् ।
बैंककस्थित सुपाचालासाई राष्ट्रिय स्टेडियममा बुधबार बिहान भएको ४०० मिटरको हिट चरणमा सोमले निर्धारित दूरी ४८.३३...
सरकारले पुरस्कार घोषणा गरेकाे पुरस्कार पाउन नसकेकाे गुनासाे
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् ।
एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि...
स्पेनका दिग्गज फूटबलर लुइस सुआरेज मिरामोन्तेसको निधन
काठमाडाैं । दुई वटा च्याम्पियन्स लिग, दुई वटा इन्टरकन्टिनेन्टल कप, एउटा यूरो कप र एउटा बलोन डी ओर जितेका लुइस सुआरेज मिरामोन्तेस कुनै समय विश्वकै महँगा खेलाडी पनि थिए।
स्पेनका दिग्गज फूटबलर लुइस सुआरेज मिरामोन्तेसको...
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
इमर्जिङ टिम्स एसिया कप जुलाई...
नेपालका फुटबल खेलाडि मात्र नभई फिफा समेत विदेशिए
काठमाडौं । नेपाली फुटबलको भविष्यमा अनिश्चितता देखिएपछि दिन प्रतिदिन खेलाडीहरु विदेशिने क्रम जारी रहँदा अहिले त्यो सूचीमा फुटबल रेफ्रीहरु पनि थपिन थालेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो फरक पहिचान बनाएका फिफा सहायक रेफ्री...
आयाक्सका पूर्व गोलकिपर एडविन भान डेर सारको मस्तिष्कमा रगत जमेपछि आईसीयूमा
लण्डन । म्यानचेस्टर युनाइटेड तथा आयाक्सका पूर्व गोलकिपर एडविन भान डेर सारको मस्तिष्कमा रगत जमेपछि आईसीयूमा उपचार भइरहेको छ ।
५२ वर्षीय पूर्वडच खेलाडीको क्रोएसियाको अस्पतालमा उपचार भइरहेको हो । उनी छुट्टी मनाउन त्यहाँ पुगेको...
नेपालले विश्वकप २०२६ र एसियन कप २०२७ को छनोटमा पहिलो चरण खेल्नुपर्ने
काठमाडाैं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोट चार राउन्डमा हुने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाका ४७ सदस्य राष्ट्रका लागि छनोटको ढाँचा सार्वजनिक गरेको हो। एएफसीको कार्यकारी...
भारतले साफ च्याम्पियनसिप जित्यो
काठमाडाैं । भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ।
मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो।
बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप ३०...
स्कटल्याण्ड विरुद्ध लिग टु मा राष्ट्रिय टिमबाट एक दिवसीय क्रिकेटमा डेब्यू
काठमाडौं । युवा फास्ट बलर किशोर महतोले एक वर्षपछि राष्ट्रिय क्रिकेट टोलीको पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् ।
उनले गत वर्ष जुलाईमा स्कटल्याण्ड विरुद्ध लिग टु मा राष्ट्रिय टिमबाट एक दिवसीय क्रिकेटमा डेब्यू गरेका...
नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा सिंगापुरलाई १८५ रनको लक्ष्य दियो
काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशकालागि सिंगापुरलाई १८५ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४...

























