उपप्रधान तथा गृहमन्त्रीमा रास्वपाकाे दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन् । संसद भवन परिसर, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रविले आफ्नो दाबी पेश गरेका हुन् ।
उनका अनुसार रास्वपाले भ्रष्टाचारको...
आफू सभापतिबाट अपमानित : महामन्त्री गगन थापा
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् ।
सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा...
राप्रपा सरकारमा सहभागी नहुने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएकाे छ।
सर्वदलीय बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा सहभागी नहुने जानकारी दिए।
‘हामी अहिले सरकारमा जाँदैनाैँ। सरकारलाई समर्थनमात्र गर्छाैँ’, सञ्चारकर्मीहरूसँग...
प्रचण्डलाई भारत र चीनले बधाइ दिए
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी भारत र चीनले बधाइ दिएका छन्। आइतबार बेलुका दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाहाललाई बधाइ दिएका हुन्। ट्वीटरमार्फत मोदीले बधाइ दिँदै दुई देशबीच रहँदै...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएकाेमा बढाई
कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय...
प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।
ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । सहमतिको ड्राफ्ट बनाउने...
जपाका अध्यक्ष सीके राउत ओलीको निवास बालकोटमा
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत पनि केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। आइतबार दिउँसोदेखि बालकोटमा जारी छलफलमा जोडिन उनी पनि बालकोट पुगेका हुन्। बालकोट प्रवेश गर्ने क्रममा राउतले आफूलाई माओवादी केन्द्रका...
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माकेले एमालेसँग संवाद...
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन्...
महिन्द्र राय यादव र रामकुमार राईले लिए शपथ
काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरूलाई शपथ गराएका हुन्।
शपथ समारोहमा...
अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने प्रचण्डकाे दाबी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
सांसदको शपथ लिएपछि बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै यस्तो बताएका हुन्...

























