आज समानुपातिककाे सबै मतगणना सम्पन्न गरिने
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको छ ।
निर्वाचन आयोगको सूचना...
सांसद राजीव गुरुङ नेकपा एकीकृत समाजवादीमा प्रवेश
काठमाडाैं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।
मनाङेलाई साेमवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...
नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन वैशाखमा हुने
कैलाली । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ ।
पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति...
कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगञ्जमा आयोजना...
रास्वपाले भारतीय पक्षबाट महाकालीमा भएको ज्यादतीको विरोध
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतीय पक्षबाट महाकालीमा भएको ज्यादतीको विरोध जनाएको छ।
महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा दार्चुलाका स्थानीयले विरोध गरेपछि भारतीय पक्षको ढुंगा लागेर नेपालका...
जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए
काठमाडौं ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र) का तीन, नेकपा...
निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना
काठमाडौं । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।
निर्वाचन आयोगकाअनुसार आइतबारसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार...
प्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !
काठमाडौं । मुलुकमा विदेशी लगानी भित्र्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई-दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरे ।
त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विदेशी लगानी ल्याउन अनेकौं प्रयास गरेको छ ।...
अब स्वतन्त्रहरु एक बन्ने बेला भयाे : हर्क साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको बताएका छन्। मेयर साम्पाङले बालेनलाई घेराबन्दीमा पारिएको भन्दै अब स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन्। साथै उनले आफू मेयर...
एमालेको अफर अवसरवादी अफर
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले अहिले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने हो भने देशको कल्याण हुने बताएका छन्।
पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै...
























