त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुधार खाका पेस गर्न निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण तथा सरोकारवाला निकायसँगको छलफलमा उहाँले राष्ट्रिय सुरक्षा...
नारायणगढ–मुग्लिन सडकको पहिरोकाे जाेखिम
भरतपुर । सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष...
सम्पदा संरक्षणको गर्नुपर्ने बृहत्तर जनकपुरकै अस्तित्वमाथि प्रश्न
जनकपुरधाम । सांस्कृतिक सम्पदा संरक्षणको कार्यभार बोकेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् पछिल्लो समय विवादमा परेको छ। परिषद्का अध्यक्ष र कर्मचारीबीचका विवाद र असहमतिले एकातर्फ परिषद्को काम कारबाही सञ्चालनमा समस्या आएको छ भने अर्को...
ओमबहाल फल्चाको उमा-महेश्वर न्युयोर्कको ब्रुकलिन म्युजियममा
काठमाडौं । करिब ४ दशकअघि काठमाडौं उपत्यकाको एक फल्चाबाट चोरिएको पुरातात्विक महत्त्वको उमा–महेश्वर(शिव–पार्वती) प्रस्तर मूर्ति अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिन म्युजियममा फेला परेको छ ।
नेपाल संवत ७०९ लेखिएको (१५८८ इस्वी) मूर्ति ओमबहाल (काठमाडौं वा पाटन)को फल्चाबाट...
सरकार र मिटरब्याज पीडितबीच वार्ता
काठमाडौं । सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।
गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङले वार्ता टोली र पीडितबीच बिहीबार छलफल गर्ने समय तय भए बमोजिम मन्त्रालयमा...
अवरोध हटे पनि अलमलमा परेको सर्भिस लेन
काठमाडौं । माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ तर त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिणको सर्भिस लेन...
मन्त्रालय भागबन्डा भागबन्डामा जुटे दल
काठमाडाैं । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन्। आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)...
घरबारी बेचेर क्यान्सर उपचार
काठमाडौं । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो...
परीक्षणमै साझाका ३७ वटा विद्युतीय बस
काठमाडौं । साझा यातायातले चीनबाट ल्याएका ३७ वटा विद्युत् बस सञ्चालनमा आउन सकेका छैनन् । साझा यातायातले खरिद गरेका उक्त बसहरूको यान्त्रिक परीक्षण गर्ने क्रम जारी रहेकाले परीक्षण सकिएपछि मात्र सञ्चालनमा आउने साझा यातायातका...
तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक
सिन्धुपाल्चोक, चैत ८ गते । नेपाल–चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुँदै आइरहेको छ । केही समय अघिदेखि दुई देशका जिल्लास्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका...

























