चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी...
अविरल वर्षाका कारण कैलालीको धान बालीमा ठूलो नोक्सानी
कैलाली । आइतबारदेखि परेको अविरल वर्षाका कारण भित्र्याउन ठिक्क पारिएको धान बालीमा ठूलो नोक्सानी पुगेको छ ।
कैलाली धान खेतीका लागि पकेट क्षेत्र रहेको भएपनि बेमौसमी वर्षाले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौं हेक्टर क्षेत्रफलको...
जापानबाट फर्केर व्यावसायिक कालिजपालन
गलकोट । कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थाल्नुभएको छ ।
ताराखोला गाउँपालिका–२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन...
म्याग्दीमा व्यावसायिक केरा खेती फस्टाउँदै
गलेश्वर । म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको...
मुस्ताङको स्याउ बजारमा
बलेवा । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।
दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ...
मनाङकाे स्याउले बजार नपाएर किसान मर्कामा
मनाङ । यस वर्ष मनाङमा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेको छैन । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्याउन सुरु गरिन्थ्यो ।
नासों गाउँपालिका ९ मा रहेको दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले...
मल खरिदका लागि बजेट अभाव
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट अभाव भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार भएको छलफलमा सचिव आचार्यले किसानका लागि...
कृषि बिमाको अनुदान ८० प्रतिशत पुर्याउँदै सरकार
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बिमाको अनुदान बढाएको छ ।
यसअघि ५० प्रतिशत रहेको कृषि तथा पशुपन्छी बिमाको प्रिमियम ८० प्रतिशत पुर्याइने अर्थमन्त्री जनार्दन शमाले बताए ।
बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले उक्त घोषणा गरेका हुन् ।
बाहिरी जिल्लामा जुम्ली स्याउको माग बढ्दो
जुम्ला । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको जनाइएको छ ।
किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु...
किसानले लगाएको धानबालीमा असर
काठमाडौं। गवारो रोगको प्रकोपले गर्दा किसानले लगाएको धानबालीमा असर पुगेको छ । रोगको प्रकोप बढ्दै जाँदा धानको गुभो मर्ने र विस्तारै बोट नै मरेर जाने समस्या बढेको किसानहरूले बताएका छन् । रोगको प्रकोप दिनदिनै...

























