प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।
उनले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने जनाएका हुन्...
के गर्यौं भन्न नमिल्ने : गृह मन्त्री
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्यौं भनेर भन्नसमेत नमिल्ने जनाएका छन् । तर शुद्धचित्तले काम गरिरहेको उनले जनाएका छन् ।
जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला...
मनोहरा नगरपालिकामा इनोभेशन सेन्टर सुरु
काठमाडौं । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसंगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्यो नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) सुरु गरेको छ। नगरपालिकाले सुरु गरेको सम्भवत: यो नेपालकै...
जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई...
दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउन नदिने
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने जनाएका छन्।
आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने...
अवैध लागूऔषध र हातहतियार सहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
सुनकाे मूल्य बढ्याे
काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो साता शुक्रबार सुनको...
‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न
काठमाडौं । राजधानीको सिनामङ्गलस्थित ब्रिजवाटर स्कूलमा आज “रोबोटिक्स र कोडिङ कार्यशाला–२०८२” भव्य रूपमा सम्पन्न गरिएको छ ।
कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी रहेको उक्त कार्यशालाको उद्देश्य विद्यार्थीहरूमा प्रविधिप्रतिको जिज्ञासा, सिर्जनशीलता र व्यावहारिक सीपको...
लाइसेन्स आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु
काभ्रपेलाञ्चोक । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले शुक्रबार देखि लाइसेन्स छाप्न सुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...
जेन्जी बिद्रोहबाट पाठ सिक्दै क्रान्तिकारीले नयाँ बिद्रोहको तयारी गर्नुपर्छः वक्ताहरु
काठमाडौं । जेन्जी बिद्रोहबाट पाठ सिक्दै नेपालका कम्युनिस्टहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएक छन् । शक्रबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नौ नम्बर ब्युरोले आयोजना गरेको अन्तरक्रियामा सबै कम्युनिस्ट...

























