प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक प्रस्थान गरेका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको...
सुनको मूल्य बढ्याे
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।
सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन...
वरिष्ठ नेताको निधनले पार्टी दुखित : सांसद शाही
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको जनाएका छन्।
मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो जनाएका हुन्।
उनले पार्टीले सामना गरिरहेको वर्तमान...
नेप्से परिसूचक घट्याे
काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।
बजारको अंकसँगै...
कलंकीमा लागेकाे आगाे नियन्त्रणमा लियाे
काठमाडौं । कलंकीमा भीषण आगलागी नियन्त्रणमा लिएकाे छ ।
बिजुलीको पोलमा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलले नियन्त्रणमा लिन सफल भएको हो ।
काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले केही बेरअघि आगो नियन्त्रणमा आएको जानकारी गराए...
सरकारले ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई सहयोग गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने जनाएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा साेमबार भएको भेटमा उनले सुरेशकी श्रीमती सुजनलाई...
त्रिविको स्ववियु सभापतिमा नेविसंघका दिपकराज जोशी निर्वाचित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दिपकराज जोशी निर्वाचित भएका छन्।
सोमबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टराई हराउँदै जोशी सभापतिमा विजयी भएका हुन्।
जोशीले ७८९ मत ल्याउँदा भट्टले ७८१...
हामीलाई राजा चाहिदैन : पूर्वमहामन्त्री कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आफूहरूलाई राजा नचाहिएको जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलाई राजा नचाहिने प्रष्ट पारेका हुन् ।
नेता कोइरालाले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको...
संसदको चालू अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन्।
मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।
संसदको हिउँदे अधिवेशन गत माघ...
नेप्सेको सीइओ चुडामणि चापागाई
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओ चुडामणि चापागाई बनेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
नेप्से सीइओका छनौटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त...






















