सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं / सर्वोच्च अदालतले सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
आज प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । यसभन्दा अगाडि राउतलाई रौतहट जिल्ला अदालतले...
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद !
धनगढी / धनगढी जिल्ला अदालत कैलालीले टीकापुर घटनामा सांसद रेशम चौधरी दोषी रहेको फैसला सुनाएको छ ।
जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासबाट बुधवार फैसला सुनाउँदै घटनामा चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।...
अदालतको फैसला ! रेशम चौधरी आज जेल कि संसद भवन जाने
टीकापुर / टीकापुर घटनाको फैसला आज हुँदैछ । तीन वर्ष अगाडि भएको टिकापुर काण्डका योजनाकार भएको आरोप लागेका रेशम चौधरीसहित २७ जनाविरुद्धको मुद्दामा आज फैसला हुने भएको हो ।
जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु...
प्रधानन्यायाधीशको पदमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीको राजीनामा
काठमाडौं / सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
जोशीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको सर्वोच्च स्रोतले जनाएको छ। जोशी...
३३ किलो सुनकाण्डमा विराटनगर उच्च अदालतका न्यायाधीश पनि फसे
विराटनगर / साढे ३३ किलो सुनकाण्डका आरोपितहरूलाई छाड्ने विवादास्पद आदेश गरेको आरोपमा विराटनगर उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटा पनि न्यायपरिषद्मा तानिएका छन् । उनीहरूलाई विस्तृत छानविनका लागि न्यायपरिषद् तान्ने निर्णय भएको हो...
श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत धाउँदै
बेझाड / श्रीमान्बाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।
श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन्...
प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण
धरान / प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक...
अदालतलाई प्रभावकारी र भरपर्दो बनाउने प्रधानन्यायाधीशको प्रतिबद्धता
काठमाडौं / सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारवाही जनाएका छन् ।
पदभार ग्रहण गरेकै दिनदेखि आफ्नो रवाफ देखाइरहेका राणाले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलना...
अर्बपति विनोद चौधरीलाई सर्वोच्चबाट प्रतिबन्ध
काठमाडौं / विश्वका अर्बपतिहरुको स्रूचिमा नेपाली अर्बपतिका रुपमा पटक – पटक सूचिकृत हुन पुगेका विनोद चौधरीलाई सर्वोच्च अदालतले मोबाइल सेवा सञ्चालन गर्न रोक लगाएको छ ।
विवादित न्यायाधीश दीपक राज जोशीको एकल इजलासले अन्तरिम आदेशबाट...
पाँच न्यायाधीश एकैपटक कारवाहीमा, सबै ३३ किलो सुन प्रकरणमा मुछिए
काठमाडाैं / उच्च अदालतका पाँचजना न्यायाधीश एकैपटक कारवाहीमा परेका छन् ।
साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएकाे भन्दै उच्च अदालतका पाँचजना न्यायाधीश एकैपटक कारवाहीमा...
























