दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा समस्यामा
काठमाडौं । त्रिभुवन परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) को दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा विद्यार्थी समस्यामा परेका छन् ।
कार्यालयले बिहीबार नतिजा प्रकाशित गरिएपछि विद्यार्थीले नतिजा हेर्नको लागि...
कक्षा एकदेखिआठसम्म स्थानीय पाठ्यक्रम लागु
तम्घास। मालिका गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले बिहीबार एक कार्यक्रमका बीच हाम्रो मालिका नामक (स्थानीय पाठ्यक्रममा आधारित पाठयपुस्तक)वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।
गाउँपालिकाले तयार...
संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह सुरू
तुलसिपुर। नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह सुरू भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरू भएको हो । सम्पूर्णानन्द विश्वविद्यालय वाराणसिका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम...
मर्जरमा जान चाहने क्याम्पसलाई असारभित्र निवेदन दिन त्रिविको आह्वान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मको समय दिएको छ।
त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले आज एक सूचना जारी गर्दै मर्ज हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन भनेको हो।
नवीकरण...
कामपाले विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला फाेड्याे
काठमाडौं । विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ...
संघीय शिक्षा ऐनमै अभिभावकको भूमिका स्पष्ट पार्न सुझाव
काठमाडौं–अभिभावकहरुलाई विद्यालयको ग्राहक नभइ मालिक बनाउनुपर्नेमा करोकारवालाहरुले जोड दिएका छन्। विद्यालय सञ्चालनमा अभिभावकको विचार र भावना समेट्ने कुरा संघीय शिक्षा ऐनले नै समेट्नुपर्ने उनीहरुको धारणा थियो। शिक्षा पत्रकार समूहद्वारा शुक्रबार आयोजित ‘संघीय शिक्षा ऐनमा...
एसइई नतिजा असार तेस्रो सातामा सार्वजनिक हुने
काठमाडाैं । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ ।...
मधेश सरकारले कक्षा १२ पढ्ने छात्रालाई निःशुल्क ल्यापटप दिने
काठमाडौं । मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत सबै छात्राहरूलाई निःशुल्क ल्यापटप दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई ल्यापटप उपलब्ध गराउने...
हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग
काठमाडौँ । आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेका हुन् ।
दुवै...
छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम सार्वजनिक : महानगर भन्छ- अटेर गरे ताला लगाउँछौं
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले ५ दिनभित्र विवरण पेस नगरे सम्बन्धन खारेजगर्ने जनाएको छ । कामपाले हिजो मंगलबार छात्रवृत्ति उपलब्ध नगराउने ३ सय ४२ संस्थागत विद्यालयको नाम सार्वजनिक गरी उक्त चेतावनी...
























