बरिष्ठ उपरीक्षकहरूलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल...
“ट्राफिक सचेतना विशेष अभियान २०८१”
काठमाडाैं । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको माननीय उपप्रधान एवम् गृहमन्त्री रवि...
सम्प्रदाय लक्षित सामग्रीको प्रसारण नगर्न आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै व्यूरोले जाति, सम्प्रदाय, समुदायबीचको सम्बन्धमा खलल् पार्ने कुनै पनि सामग्री सञ्जालमा प्रकाशन,...
नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको...
सशस्त्र प्रहरीकाे रक्तदानबाट ६६ युनिट रगत संकलन
कास्की । सशस्त्र प्रहरीले गरेको रक्तदानमा ६६ युनिट रगत संकलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीले सोमबार आफ्नै कार्यालयभित्र गरेको रक्तदान कार्यक्रममा ६६ जना सशस्त्र प्रहरीले रगत दिएका...
उपत्यकामा खटिएका १ सय ८ जना घुमुवा प्रहरी हटाइयो
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक)का प्रहरी हटाइएको छ ।
गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको...
विभिन्न घटनाका ५९ हजार ०६१ वटा मुद्दा दर्ता
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा विभिन्न घटनाका ५९ हजार ०६१ वटा मुद्दा दर्ता भएको जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले बिहीबार पछिल्लो एक वर्ष (२०७९ चैत्र १० गतेदेखि २०८०...
नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन
काठमाडौं । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ।
सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले...
घरमै बसी सवारी साधनकाे इजाजत लिन सकिने
भक्तपुर । सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई बाटो इजाजत अब सेवाग्राहीले घरमा बसीबसी टिएमाईएस बागमती एप डाउनलोड गरी मोबाइलको सहायताले सेवा लिन सकिने छ । बाटो इजाजत पत्र लिनलाई सेवाग्राहीले घन्टौँ कार्यालयमा बसेर समय...
सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
प्यूठान, १२ चैत प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वय तथा कर्ण सकारात्मक...























