०.२२ प्रतिशतले वृद्धि भएको सेयर बजार २१००.६५ बिन्दुमा पुगेर बन्द
काठमाडौं । सोमबार सेयर बजारमा ४.५७ अंकको वृद्धि भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा भने बढेको हो । ०.२२ प्रतिशतले वृद्धि भएको सेयर बजार २१००.६५ बिन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार...
कथानक चलचित्र ‘बुलाकी’ को प्रदर्शन मिति तय
काठमाडौं । सुरक्षा पन्तको मुख्य भूमिका रहेको कथानक चलचित्र ‘बुलाकी’ को प्रदर्शन मिति तय भएको छ। लक्ष्मण सुनार निर्देशित यस कथानक आगामी नयाँ वर्ष वैशाख १ गते रिलिज हुनेछ।
यसअघि यस चलचित्र फागुन १९ गते...
प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कपिलबस्तु । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसमा मदरसाका विद्यार्थीलाई शैक्षिक सामग्री प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
आइतबार संगठनको...
नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार सुरु
काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र...
प्रधानमन्त्री प्रचण्डद्वारा टर्की भूकम्पमा मृत्यु भएकोप्रति श्रद्धाञ्जली अर्पण
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट...
राष्ट्रिय सभाको बैठकले ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७६’ पारित
काठमाडाैं । राष्ट्रिय सभाको सोमवारको बैठकले ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल...
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
काठमाडौं । राष्ट्रियसभा सदस्य उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी छन्।
सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। राष्ट्रियसभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं। सुनसरी, धरान उपमहानगरपालिका-१७ चतरा मार्गबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ८० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३२ वर्षीय योगराज...
पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक भएको छ । एनएसजेफले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो ।
यश वर्षको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा...
फूलपाती विसर्जन गरी समापन गरियो स्वस्थानी व्रत
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एकमहिने स्वस्थानी व्रत आइतबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्दपुराण अन्तर्गतको केदार खण्डको माघ...

























