शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन
काठमाडौं । काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा रू. एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ ।
गत पुस २२ देखि सुरु भएको एकमहिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त...
म्यूजिक भिडियाे ‘ए चरी’ बोलको सार्वजनिक
काठमाडौं। गायिका अबुन पाण्डेको स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द, सङ्गीत गायक पवन गिरीको छ।
टुएका प्रडक्शनले गीतलाई सङ्गीत संयोजन गरेका हुन्। गीतमा आफूले माया गर्ने व्यक्तिसँग घुम्न...
दिग्गज क्रिकेटर चन्द्रपालका छोरा तेगनारायण चन्द्रपालले उत्कृष्ट प्रदर्शन
बुलावायो । वेस्ट इन्डीजका दिग्गज क्रिकेटर शिवनारायण चन्द्रपालका छोरा तेगनारायण चन्द्रपालले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।
जिम्बाब्वेविरुद्ध जारी टेस्ट म्याचमा तेगनारायणले उत्कृष्ट शतक प्रहार गरेका छन् । अर्थात बुवापछि अब छोराले पनि आफ्नो टीमका...
नागरिकसँग सरोकार राख्ने विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु
काठमाडौं । सरकारले प्राथमिकतामा रहेका नागरिकसँग सरोकार राख्ने विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न आज बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई...
एमालेले केन्द्रीय कमिटी बैठक बोलायाे
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने...
टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प
एजेन्सी । दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त स्थान सिरियासँगको सीमानजिकै छ । भूकम्पको...
नेकपा एसको राष्ट्रिय महाधिवेशन फागुनमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन बस्ने भएकाे छ ।
शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका...
नेपाली कथानक चलचित्र ‘निरमाया’ को विशेष प्रदर्शन
काठमाडौं । नेपाल स्रष्टा समाजले चलचित्र विकास वोर्डको हलमा नयाँ नेपाली कथानक चलचित्र ‘निरमाया’ को विशेष प्रदर्शन गरेको छ ।
साहित्यकारहरूका लागि प्रदर्शन गरिएको उक्त चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ ।...
सुपरमाई हाइड्रोपावरकाे साधारण शेयर निष्कासन
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता...
रवि लामिछानेले मिडिया र पत्रकारको नामै लिएर धम्की दिएको भन्दै महासंघले गंभीर ध्यानाकर्षण
काठमाडाैं । पूर्व पत्रकार समेत रहेका रवि लामिछानेले पत्रकार सम्मेलन गरेरै विभिन्न पत्रकारहरुको नामै लिएर थर्काएपछि नेपाल पत्रकार महासंघले गंभीर आपत्ति जनाएको छ ।
आज पत्रकार सम्मेलनमा आफ्नो खेदो गरेको भन्दै अमित ढकाल, शिव गाँउले...

























