मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंह
काठमाडौं, वैशाख ३० गते । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहनुभएको थियो काठमाडौं बनस्थलिका मानसिंह विष्ट ।
यो उमेरका...
‘हाम्रो पात्रो’ एपले ‘भिडिओ कन्फरेन्सिङ’ प्रणाली जारी
काठमाडौं । 'हाम्रो पात्रो' एपले 'भिडिओ कन्फरेन्सिङ' प्रणाली जारी गर्ने भएको छ। उक्त फिचर सार्वजनिक गर्नेबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक शङ्कर उप्रेतीले फेसबुक मार्फत जानकारी गराएका हुन्।
यो नयाँ भिडिओ कन्फरेन्सिङ फिचरमार्फत एक पटकमा...
मतदाता बोकेको गाडी दुर्घटना हुँदा वालिङमा १४ जनाको मृत्यु
कास्की । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको...
पूर्वसभामुख महराद्वारा मतदान
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो ।
यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान...
भारतमा हेलिकोप्टर दुर्घटना हुँदा दुई सदस्यको मृत्यु
नयाँ दिल्ली । छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ । अवतरण गर्न...
प्रचण्डले पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।
उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी...
नेपालभर मतदान सुरु
काठमाडौं । शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको...
रसुवामा स्थानीय तहको निर्वाचनमा मतदान गर्न जादा माेबाइल बाेकेर जान नपाउने
रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो ।
जिल्ला प्रशासन...
सुनसान बने उपत्यकाका सडक
काठमाडौं । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् ।
स्थानीय सरकारको रुपमा...
कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील
कास्की । कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ...
























